नियम ४८
फिर्ती चिठ्ठी फाँटमा पठाइएको हुलाक वस्तुहरू राख्ने अवधि
(क) ऐनको दफा ३५ अनुसार फिर्ती चिठ्ठी फाँटमा प्राप्त भएको हुलाक वस्तुलाई टुंग्याउन नसकिएमा दफा ३६ को प्रतिबन्धात्मक वाक्यांश (ख) को अधीनमा रही निम्न बमोजिम गर्नु पर्नेछः–
(१) डेलिभरी नभएका साधारण चिठ्ठी, हुलाकपत्र वा हवाईपत्र प्राप्त भएको मितिले ३१ दिनसम्म राखेपछि जलाइनेछ ।
(२) डेलिभरी नभएका रजिष्ट्री चिठ्ठी प्राप्त भएको मितिले ९१ दिनसम्म राखेपछि जलाइनेछ ।
(३) मूल्य नभएका व्यापारिक परिपत्र मूल्य सूची विज्ञापन जस्तो छापा कागजपत्रको प्याकेटहरूको शीघ्र रद्दी कागज सरह बिक्री गरिनेछ ।
(४) अरु प्याकेट र दैनिक समाचार पत्रपत्रिकाहरू रजिष्ट्री नभएको भए ३१ दिन भित्रसम्म र रजिष्ट्री भएको भए ९१ दिनसम्म
राखिसकेपछि बेचेर, जलाइए वा महानिर्देशकले तोकिदिए बमोजिम टुङ्गाे लगाइनेछ ।
(५) दैनिक बाहेक अरु समाचार पत्रपत्रिकाको हकमा महानिर्देशकले निर्देशन दिए बमोजिम हुनेछ ।
(६) राख्नु पर्ने अवधि तोकिएको हुलाक वस्तु सम्बन्धी सूची सूचना पाटीमा टाँसिनेछ ।
(ख) ऐनको दफा ३५ अनुसार टुंग्याउन नसकिएको पुलिन्दालाई दफा ३६ को प्रतिबन्धात्मक वाक्यांश (ख) को अधिनमा रही ९१ दिन रोकेपछि महानिर्देशकको निर्देशन बमोजिम गर्न सकिनेछ ।